
कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिका– ५ मा झाडापखालाबाट ५ जनाको मृत्यु भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले भने ३ जनाको मात्र मृत्यु भएको जनाएको छ । अस्पतालमा नगएकाहरूको आधकारिक विवरण मात्र आफूहरूसँग हुने कार्यालयले जनाएको छ ।
ज्यान गुमाउनेहरूमा बहादुरगञ्जका ४० वर्षीय पुरुष, ५ वर्षीय बालक र एक महिलाको पेटमा रहेको बच्चा तथा शिवराज नगरपालिका–८ की ८ वर्षीया बालिका, कृष्णनगर नगरपालिका–७ का २७ दिने शिशु रहेका छन् ।
नगरपालिकाको वडा नम्बर–५, ६, ७, ८ र ९ को दुई दर्जन गाउँमा झाडापखाला र वान्ताका विरामी देखा परेका छन् । जनस्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले झाडापखाला र वान्ताका बिरामी बढ्दै गएको बताउनुभयो ।
एक हप्तादेखि ७ सय ५ जना झाडापखालाका बिरामी शिवराज अस्पताल बहादुरगञ्जमा उपचार गराइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्