१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परराष्ट्रको पत्रपछि एनआरएनएको १०औं महाधिवेशन स्थगित


0
Shares

काठमाडौं । गैरआवासिय नेपाली संघ(एनआरएनए) को १०औं महाधिवेशन स्थगित भएको छ ।

एनआरएनएले सोमबार विज्ञप्ति जारी गर्दै २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औं अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको जनाएको हो ।

संघले १०औं अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा भएको छलफलपछि संघले बैठक तत्काललाई स्थगित गरिएको जनाएको हो ।

बैठकले मन्त्रालयको सुझाव अनुसार पुर्वनिर्धारित मन्त्रालयको पत्रको सम्बन्धमा कानुनविद् र अन्य सम्बन्धित परामर्श गरी यथाशीघ्र महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय विज्ञप्तीमा भनिएको छ ।

संघले तत्कालका लागि स्थगित भएको बैठक अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठक बसेर यस विशेष परिस्थितिमाथि छलफल गरि थप निर्णय गरिने संघले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार चारबुँदे सुझावसहित महाधिवेशन रोक्न निर्देशन दिएको थियो ।

सम्बन्धित समाचार
एनआरएनएले गरेका विधान विपरीतका काम तत्काल सच्याउन परराष्ट्रको निर्देशन