१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उद्योग मन्त्रालयको जिम्मेवारी देउवालाई


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई तोक्नुभएको छ ।

गत शुक्रबार नियुक्त हुनुभएका मन्त्री गजेन्द्रबहादुर हमाललले राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति भण्डारीले देउवालाई नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी तोक्नुभएको हो ।

प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा कोटा मागेको र सोही कोटामा महतलाई उद्योगमन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भएपछि उहाँले आइतबार राजीनामा दिनुभएको थियो ।