
एजेन्सी । बेलायत भने कोरोना नियन्त्रणमा चुकेको एक तथ्यांकले देखाएको छ ।
बेलायतको कमन्स साइन्स एण्ड टेक्नोलोजी कमिट र हेल्थ एण्ड केयर कमिटीको संयुक्त टोलीले गरेको अध्ययनले पछिल्लो १ सय बर्षको इतिहासमा स्वास्थ्य समस्याका रुपमा देखा परेको कोराना नियन्त्रणमा बेलायत असफल भएको देखाएको हो ।
कोरोना नियन्त्रणका लागि सरकारले अपनाएको प्रक्रिया शिथिल रहेका कारण अन्य देशको तुलनामा बेलायतमा लाखौंका ज्यान गएको देखिएको छ ।
कोरोना महामारी फैलने बित्तिकै अन्य राष्ट्रहरुले धमाधम लकडाउन लागु गरे पनि बेलायतल भने कोरोना संक्रमण दु्रत गतिमा फैलिएको ४ महिनापछि मात्रै लकडाउनमा गएकोले संक्रमण र मृत्युदर बढेको प्रतिवदेनमा उल्लेख छ ।
बेलायतमा कोरानाका कारण १ लाख ३७ हजार ७ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८१ लाख९३ शजार ७ सय बढी छ ।
प्रतिक्रिया दिनुहोस्