१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्रीमानद्वारा श्रीमतीको हत्या


0
Shares

अर्घाखाँची । अर्घाखाँचीमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । ४३ वर्षीय लालबहादुर कुमालले आफ्नी श्रीमती ३० वर्षीया सीता कुमाललाई कुटपिट गरी हत्या गरेका हुन् ।

गुल्मीको ईस्मा गाउँपालिका– २ हल्दीटारा घर भई हाल अर्घाखाँचीको छत्रदेव गाउँपालिका– ८ बस्ने कुमालले आफ्नी श्रीमती कुमाललाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गएराती श्रीमान र श्रीमतीबीच घरायसी विवाद हुँदा लालबहादुरले कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमर थापाले जानकारी दिनुभयो । कुमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।