१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, छ जना घाइते


0
Shares

काठमाडौं । बुटवलबाट गुल्मीको तम्घास जाँदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । गएराती ११ बजेतिर रेसुंगा नगरपालिकाको छहरा भन्ने स्थानमा जिप दुर्घटनामा परेको हो ।

लु १ ज ४४९० नम्बरको जिप सडकबाट ५ सयम मिटर तल खसेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गुल्मी मुसिकोट ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षीया राधिका थापा र १० वर्षकी संगिता सुनार रहेको प्रहरीले पुष्टि गरेको छ । जिप चालक कमल थापासहित ६ जना घाइते भएका छन् ।