
एजेन्सी । चेन्नई सुपर किङ्सले चौथोपटक इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ ।
गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले हराउँदै चेन्नईले चौथोपटक आईपीएलको उपाधि जितेको हो ।
फाइनल खेलमा चेन्नई सुपर किङ्सले दिएको १९३ रनको लक्ष्य कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्र बनायो ।
चेन्नईले अन्तिमपटक सन् २०१८ मा आईपीएलको उपाधि जितेको थियो । त्यसअघि चेन्नईले सन् २०१० र २०११ को सिजन लगातार दुईपटक आईपीएलको उपाधि जितेको थियो ।
यता कोलकाताको तेस्रो पटक उपाधि जित्ने योजना असफल भयो । कोलकाताले अन्तिमपटक सन् २०१४ मा आईपीएलको उपाधि जितेको थियो । त्यसअघि सन् २०१२ मा कोलकाताले आईपीएलको उपाधि चुम्न सफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्