२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


जम्मु काश्मिरमा सेना र आतंकवादी समूहबीच मुठभेड, दुई सैनिकसहित नौ को मृत्यु


0
Shares

एजेन्सी । भारत प्रशाशित प्रदेश जम्मु काश्मिरमा बिगत केही दिनदेखि सेना र आतंकबादी समुहबीचको मुठभेडमा दुई सैनिक सहित ९ जनाको मृत्यु भएको छ ।

कश्मिरबाट सय किलोमिटर टाढा सरनकोट स्थित एक गाउँमा आतंकबादी समुहविरुद्धको कारबाही अभियानका क्रममा दोहोरो मुठभेड भएको हो ।

अभियानको अघिल्लो दिन आतंकवादी समूहले चलाएको गोली लागि पाँच सैनिकको मृत्यु भएको भएपछि उनीहरुविरुद्ध कारबाही तीव्र पारिएको हो ।

गाउँको नजिकै जंगलमा वर्षौदेखि पकड जमाई बसेका आतंकवादी समुहमाथि सेनाले कारबाही गर्दा उनीहरुतर्फ दर्जनौं घाइते भएको बताइएको छ ।