
म्याग्दी । गए रातीदेखि म्याग्दीमा भएको ठूलो वर्षाले पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगेको छ ।
पाकेको धान वर्षाले झारेपछि किसानहरु चिन्तित भएका छन् । बाली घरमा भित्र्याउने समयमा पानीले क्षति पु¥याएपछि समस्या भएको बेनी नगरपालिका २ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताउनुभएको छ ।
म्याग्दीको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीमलगाएतका ठाउँमा लगाएको धान बालीमा क्षति पुगेको किसानहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्