
काठमाडौं । नेपालको एक मात्र सिकार क्षेत्र ढोरपाटनमा भोलिदेखि पहिलो यामको सिकार सुरु हुने भएको छ ।
एक महिना चल्ने सिकार याममा यो साता सात नाउर र झारलको सिकार हुने भएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकार यामको लागि सात नाउर र पाँच वटा झारलको सिकार अनुमति दिएको छ ।
सिकारीको लागि आवश्यक बन्दोबस्तकालागि ढोरपाटन सिकार आरक्ष कार्यालयले आफ्ना कर्मचारी र सिकारीका भरिया सम्बन्धित् ब्लकमा खटाएको छ ।
यो बर्ष फेन्च, युक्रेन, मेक्सिकन र रुसी सिकारीहरु सिकारको लागि आउने ढोरपाटन सिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्