
एजेन्सी । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । ओमानको अल अमारतमा आज पहिलो चरण अन्तर्गतका दुई खेल हुनेछन् । पहिलो खेलमा आयरल्याण्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।
आयरल्याण्ड र नेदरल्यान्ड्सबीचको खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा हुनेछ । यस्तै दोस्रो खेलमा श्रीलंका र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ ।
श्रीलंका र नामिबियाबीचको खेल राति पौने आठ बजे सुरु हुनेछ । श्रीलंका र नामिबिया पनि जित निकाल्दै सुखद सुरुआत गर्ने योजनासहित मैदान उत्रने छन् ।
विश्वकप टी-ट्वान्टी क्रिकेटको क्वालिफायर राउण्डमा आठ टोलीलाई दुई समूहमा विभाजन गरी खेलाइएको छ । दुबै समूहका शीर्ष दुई गरी चार टिम विश्वकपको मुख्य स्पर्धामा प्रवेश गर्नेछन् । विश्वकप ट्वेन्टी–ट्वेन्टी क्रिकेटको यो संस्करण युएई र ओमनले संयुक्तरुपले आयोजना गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्