
काठमाडौं । कपिलवस्तुको तीन वटा वडामा देखिएको झाडापखाला नियन्त्रणमा आउन थालेको दाबी गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले तीनवटै वडामा देखिएको झाडापखला नियन्त्रणमा आइसकेको जनाएको हो । गत असोज १८ गतेदेखि कृष्णनगर नगरपालिकाभित्रका वडा नम्बर ७, ८ र ९ मा झाडापखलाका बिरामी देखिएका थिए ।
झाडापखालाका कारण ८ सय ८५ जना बिरामी परेका थिए । बिरामीमध्ये शिवराज अस्पतालमा अझै २५ जनाको उपचार जारी छ । हालसम्म ८ सय १९ जना निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ ।
खानेपानी संस्थानले वितरण गरेको पानी र घर–घरमा गाडिएका कलको पानीका १५ नमुनामध्ये ९ वटामा इकोली नामक जिवाणु फेला परेको थियो । दुषित खानेपानीको प्रयोग र सरसफाइको कमीका कारण झाडापखला फैलिएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्