१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थप ५ सय ९१ जनामा कोभिड, ६४ लाखले लगाए पूर्ण खोप


0
Shares

काठमाडौं । नेपालमा थप ५ सय ९१ जनामा कोभिड–१९ संक्रमण भएको छ ।

९ हजार ६ सय ९७ जनामा गरिएको परीक्षणमा ५ सय ९१ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर संक्रमितको संख्या ८ लाख ९८ हजार ९ सय ९० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९ सय ३७ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या ७ लाख ८२ हजार ३ सय ९३ पुगेको छ । सोही समयमा ९ जनाको मृत्यु भएसँगै अहिलेसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ९३ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर १७ हजार ७ सय १ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८४ लाख १५ हजारले कोभिडविरुद्धको पहिलो मात्रा खोप लगाउँदा ६४ लाख ७० हजारले पूर्ण खोप लगाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

देशभर कोभिडका ११ हजार ८ सय ७४ सक्रिय संक्रमित छन् । जसमध्ये १० हजार ८ सय ४७ जना होम आइसोलेसन, १ हजार २७ जना संस्थागत आइसोलेसन, २ सय ८० जना आईसीयू र ९९ जना भेन्टिलेटरमा रहेका छन् ।

अहिलेसम्म देशभर संक्रमितमध्ये ९७ दशमलव १ प्रशित कोभिडमुक्त हुँदा १ दशमलव ४ प्रतिशतको मृत्यु भएको छ ।