२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


थ्री एसियन कप छनोट खेल्न नेपाली फुटबल टोली ताजकिस्तान प्रस्थान


0
Shares

काठमाडौं । एएफसी २३ वर्ष मूनिका एसियन कप छनोटका खेल्न नेपाली टोली ताजिकिस्तान प्रस्थान गरेको छ ।

नेपाली टोली आज बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । छनोटमा नेपाल कठिन समूहमा छ ।

नेपालसँगै ताजिकिस्तान, लेबनान र इरान समूह ‘बी’मा छन् । त्यसअघि नेपालले अक्टोबर २२ शुक्रबार इन्डोनेसियाको यु–२३ टोलीसँग ताजिकिस्तानमै मैत्रीपूर्ण खेल खेल्नेछ ।

छनोटमा नेपालले पहिलो खेल इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।

नेपाली टोलीमा साफ च्याम्पियनसिपको उपविजेता टिममा रहेका ६ खेलाडी पनि छन् ।