७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


चितवनमा भएको सवारी दुर्घटनामा ९ जनाले ज्यान गुमाए


0
Shares

चितवन । चाडवाड केन्द्रीत सुरक्षा योजना जारी गरे पनि चितवनमा सवारी दुर्घटनाबाट ९ जनाले ज्यान गुमाएका छन् ।

घटस्थापना देखि असोज ३० गतेसम्म २ बालकसहित ९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिनुभयो । भित्री सडक खण्डको दुर्घटनाबाट मात्रै ५ जनाले ज्यान गुमाएका छन् ।

१९ वटा दुर्घटनामा २ महिला र २१ पुरुष गरी २३ जना घाइते भएको थापाले बताउनुभयो । चाडपर्व लक्षित सुरक्षा योजनाले मुख्य सडकमा दुर्घटना कम भए पनि भित्री सडकमा बढी दुर्घटना भएको उहाँको भनाइ छ । यस अवधिमा दुई पांग्रे सवारी धेरै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले यात्रुहरूको वाक्लो उपस्थिति हुने तीन ठाउँमा यात्रु सहायता कक्ष समेत स्थापना गरेको थियो । सीमित जनशक्तिका बीच पनि ट्राफिकले दुर्घटना न्यूनिकरणका लागि सक्रियपूर्वक लागिरहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

ट्राफिक व्यवस्थापनका लागि जिल्लाभर ५० ट्राफिक प्रहरी खटिएका थिए ।