१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाढी–पहिरोले गण्डकी र सुदूरपश्चिमका चार राजमार्ग अवरुद्ध


0
Shares

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण गण्डकी र सुदूरपश्चिम प्रदेशका चार वटा राजमार्ग अवरुद्ध भएका छन् ।

गण्डकी प्रदेशको बेनी–मुस्ताङ राजमार्ग अवरुद्ध भएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । म्याग्दीको बेनी गाउँपालिका–४ घुमाउनीभिरमा वर्षाका कारण सडक हिलाम्य हुँदा राजमार्ग अवरुद्ध भएको केन्द्रले जनाएको छ ।

सुदूरपश्चिमको कैलालीको चुरे गाउँपालिका–५ भासुभिरमा पहिरो जाँदा भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । राजमार्गमा पहिरो खसेका कारण हिजोदेखि राजमार्ग अवरुद्ध भएको हो । डोटीको जोरायल गाउँपालिका–१ मा पहिरो खस्दा भिमदत्त राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ ।

यस्तै अछामको चौपाटी गाउँपालिका–६ दुनीभावरमा खसेको पहिरोले चौखुटे अछाम बाजुरा सडक खण्ड पनि हिजोदेखि नै अवरुद्ध भएको छ । बाढीका कारण बझाङको केदारस्यूँ गाउँपालिका–१ नाडीगौडास्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।