१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनकुटा अस्पताल स्तरोन्नति गरिने, १५ शय्याको अस्पताल १ सय शय्याको बनाइँदै


0
Shares

धनकुटा । धनकुटास्थित जिल्ला अस्पताल स्तरोन्नति गरिने भएको छ ।

सञ्चालनमा आएको एक शताब्दीपछि अस्पताल स्तरोन्नति गरिने भएको हो । त्रिचन्द्र अस्पतालका नामबाट सेवा सुरु गरेको धनकुटा अस्पताललाई १ सय शय्या क्षमताको बनाइने भएको हो ।

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले मंगलबार एक कार्यक्रमकाबीच अस्पतालको शिलान्यास गर्नुभयो । उहाँले १५ शय्या क्षमतामा सञ्चालित पुरानो जिल्ला अस्पताल स्तरोन्नति गरेर सय शय्याको बनाइने बताउनुभयो ।

स्तरोन्नतिका लागि बजेट, पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गर्दै लगिने बताउनुभयो । उहाँले धनकुटालाई शिक्षण अस्पतालको रूपमा रुपान्तरण गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।