१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता


0
Shares

कैलाली । जिल्लाको लम्कीचुहा नगरपालिकामा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन् ।

नगरपालिकाको वडा नम्बर ३ का ६१ वर्षीय खडक बहादुर घर्तिमगर, सोही ठाउँका ३५ वर्षीय बिक्रम घर्तिमगर र २६ वर्षीय खड्क रानामगर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

आइतबार रातिदेखि भइरहेको वर्षाले जनजीवन कष्टकर भइरहँदा माछा मार्न गएका उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएकाे छ ।