६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


डेल्टा भेरिएन्ट भन्दा १० प्रतिशत संक्रामक नयाँ भेरिएन्ट बेलायतमा भेटियो


0
Shares

एजेन्सी । बेलायतमा डेल्टा भेरिएन्टको अर्को रुप विकसित भएको भन्दै सचेत रहन वैज्ञानिकहरुले सुझाव दिएका छन् ।

कोरानाको नयाँ विकसित रुप फैलिएका कारण बेलायत कोरोना महामारीको चेपटाबाट मुक्त हुन केही समय लाग्ने वैज्ञानिकहरुले औंल्याएका छन् ।

हालै विकसित भएको कोरोनाको नयाँ रुप डेल्टा भेरिएन्ट भन्दा १० प्रतिशत संक्रामक भएकाले बेलायत पुन कोरोना महामारीको चपेटामा पर्ने चेतावनी वैज्ञानिकहरुले दिएका हुन् । कोरोना संक्रमण दर उच्च बन्दै जाँदा बेलायतमा एकैदिन २ सय २३ जनाको मृत्यु भएको छ ।

त्यहाँ एकैदिन ५० प्रतिशत कोरोना संक्रमण पुष्टी भएको छ । कोरोनाविरुद्धको दोश्रो डोज पूरा गरी बुस्टर लगाउन सुरु गरेकाहरुमा पनि कोरोना संक्रमण भएको त्यहाँका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

नयाँ विकसित स्वरुपको यो भेरिएन्टका कारण चिन्तित बनेको बेलायतले कोरोना नियन्त्रणमा लागि थप उपाय अवलम्बन गर्न वैज्ञानिकहरुसँग परामर्शसमेत थालेको छ । यसैबीच बेलायतका जनता नयाँ भेरिएन्ट फैलिएसँगै सचेत हुन थालेका छन् ।

मास्कसमेत लगाउन छोडेका त्यहाँका नागरिकहरुले स्वास्थ सतर्कता अपनाउन थालेका छन् । बेलायतमा कोरोनाका कारण एक लाख ३८ हजार भन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८५ लाख ४१ हजार नाघेको छ ।