७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


पाँचथरमा पहिरोमा परेर पाँच जनाको मृत्यु


0
Shares

काठमाडौं । अविरल वर्षासँगै गएको पहिरोमा परी पाँचथर जिल्लाका विभिन्न स्थानमा ५ जनाले ज्यान गुमाएका छन् ।

सदरमुकाम फिदिम,मिक्लाजुङ,फाल्गुनन्द र कुम्मायक गाउँपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
फिदिम–४ जोरसालमा पहिरोले घर पुर्दा आमा–छोराको मृत्यु भएको छ ।

घर माथिबाट आएको पहिरोले पुरिएर २५ वर्षीया ममता मगर र ४ वर्षीय छोरा रोयल मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार मिक्लाजुङ, फाल्गुनन्द र कुम्मायकमा एक–एक जनाको ज्यान गएको छ भने विभिन्न स्थानमा २ जना बेपत्ता भएका छन् ।