
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगन थापाले सरकारलाई अभिभावक भएको आभास दिलाउन आग्रह गर्नुभएको छ ।
सुदूरपश्चिम लगायत देशका विभिन्न स्थानमा बाढी र पहिरोले क्षति बेहोरिरहेको अवस्थामा नेता थापाले समाजिक सञ्जालमार्फत अभिभावक भएको आवास दिलाउन आग्रह गर्नुभयो ।
उहाँले आफन्त गुमाएका, विस्थापित भएका, खेतीबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभयो । उहाँले दुःखको समय सहानुभुतिको महसुस गराउन पनि प्रधानमन्त्रीलाई सुझाव दिनुभयो ।
शनिबार रातिदेखि भएको वर्षाले सुदूरपश्चिम प्रदेश लगायत देशभरको जनजीवन प्रभावित भएको छ । भित्र्याउने बेला भएको धानबालीमा क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्