
काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्द्धन र विकासका लागि राज्यले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा उपाध्यक्ष रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवर्द्धन र विकासका लागि राज्यले आर्थिक सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले विदेशमा पर्यटन प्रवर्द्धन गर्न ठूलो रकम चाहिने भएकाले सरकारले अनुदान दिनुपर्ने बताउनुभयो ।
रिजालले पर्यटन बोर्डमा साना कामहरु गर्नका लागि भरपुर बजेट रहेको बताउँदै प्राकृतिक विपत्तिहरूको सामना गर्नु नपरे पर्यटन क्षेत्र चलायमान हुने बताउनुभयो । उहाँले पर्यटन बोर्डले बजेटमा आएको पैसा खर्च गर्न नसक्दा सरकारलाई अर्बौं कर तिरिरहेको बताउनुभयो ।
उपाध्यक्ष रिजालले नेपालमा अब कोरोना जस्ता प्राकृतिक विपत्ति कम भए पर्यटन क्षेत्रले गति लिने बताउँदै आन्तरिक कामहरू नियमित सञ्चालन गर्न पर्यटन बोर्डसँग पर्याप्त बजेट रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्