१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उदयपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु


0
Shares

उदयपुर । खोला तर्ने क्रममा बगाउँदा जिल्लामा एक जनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि उर्लिएको बैजनाथ खोला तर्ने क्रममा उदयपुरगढी गाउँपालिका–८ का ५९ वर्षीय कृष्णबहादुर श्रेष्ठको मंगलबार साँझ ७ बजे मृत्यु भएको हो ।

हुलाक कार्यालय, नरेटारका अतिरिक्त पत्रवाहक कर्मचारी श्रेष्ठलाई नेपालटारबाट उदयपुर गढीको महादेबस्थान घर फर्कने क्रममा खोलाले बगाएको हो ।

करिब १ किल‍मिटर तल उनको शव भेटिएको जिल्ला प्रहरी प्रमुख सुबास चन्द्र बोहोराले जानकारी दिनुभयो ।