
फाइल तस्वीर
कैलाली । पहिरोमा घर पुरिँदा बझाङमा ६ जनाको मृत्यु भएको छ ।
जिल्लाको खप्तडछान्ना गाउँपालिका–६ का ६३ वर्षीय धनराज जोशी, आग्री–५ का विरु गिरी र उनकी श्रीमती चन्द्रादेवीको मृत्यु भएको छ । अन्य एक जनाको पहिचान खुलेको छैन ।
यस्तै जिल्लाको थलारा गाँउपालिका–४ डिख्लामा मंगलबार विहान ४ बजे पहिरो जाँदा बेपत्ता भएका २३ जनामध्ये दुई जनाको शव फेला परेको छ । उनीहरूको पनि पहिचान नखुलेको बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभयो ।
बेपत्ता अन्य २१ जनाको खोजी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्