
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानत असम्भव चुनौती दिएको बताउनुभएको छ ।
बुधबार दिउँसो ओलीले आफूहरुले चाहेको खण्डमा एक सातामा सरकार ढाल्न सक्ने चुनौती दिएपछि प्रवक्ता शर्माले संविधान विपरीत चुनौती दिएको बताउनुभयो ।
उहाँले देशभर अविरल वर्षाले आक्रान्त नागरिकको सेवामा जुट्ने, राजनीतिमाथि उठ्ने र सोच्ने समयमा ओलीले सरकार फेर्ने चुनौती दिएकोमा असन्तुष्टी जनाउनुभयो । अहिलेको समय चुनौती दिने नभएको भन्दै उहाँले उद्दार, राहत र पुनर्स्थापनाको अभियानमा जुट्न सबैसँग आह्वान गर्नुभयो ।
बधुबार काठमाडौंमा भएको एक कार्यक्रममा ओलीले आफूले चाहेको खण्डमा एक सातामा सरकार ढाल्दिने बताउनुभएको थियो । यद्यपि उहाँले अहिले त्यसो नगर्ने स्पष्ट पार्नुभएको थियो । गठबन्धनमा लोभीपापीहरूको संख्या धेरै भएको भन्दै उहाँले उनीहरू ‘दिए पुग्ने’ बताउनुभएको थियो ।
श्रद्देय कमरेड @kpsharmaoli ज्यु,
— Bishwa Prakash शर्मा (@bishwaprakash77) October 20, 2021
`चाहे एकसातामा सरकार ढाल्न सक्छौं´ भनेर
चुनौती दिने समय यो होइन l संविधानत त्यो संभव पनि छैन l
अविरल बर्षाले आक्रान्त नागरिकको सेवामा जुट्ने, राजनीति माथि उठ्ने र सोच्ने समय हो यो l आउनोस् उद्दार,राहत र पुनर्स्थापनाको अभियानमा जुटौं l जय नेपाल !
प्रतिक्रिया दिनुहोस्