
एजेन्सी । रूस सरकारले कोरोना भाइरस नियन्त्रणका लागि भन्दै आगामी अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म कुनै पनि कामदार वा कर्मचारीलाई कार्यालयमा उपस्थित हुनु नपर्ने व्यवस्था गरेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस फैलिने क्रमलाई नियन्त्रण गर्न अक्टुबर ३० देखि नोभेम्बर ७ सम्म सवै बेतनधारीहरुलाई घरमै बस्ने तर पारिश्रमिक पाउने सम्बन्धि आदेशमा हस्ताक्षर गरेका हुन । आवश्यक परेको खण्डमा बिदाको अवधिलाई विस्तार गर्ने पनि उहाँले बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्