१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


हराउँदै पाटी पौवा र धर्मशाला


0
Shares

बागलुङ । बागलुङमा पछिल्लो समय ऐतिहासिक महत्व बोकेका पाटीपौवा तथा धर्मशाला लोप हुँदै गएका छन् । सडक सुविधाको पहुँच, आधुनिक जीवनशैली, बसाई सराई लगायतका कारण ऐतिहासिक महत्वका पृथक संरचना भत्किने र हराउँदै जान थालेका हुन् ।

एक दशक अघिसम्म प्रचलनमा रहेका धर्मशाला, पाटीपौवाहरु अहिले जिर्ण बन्दै गएका छन् । ऐतिहासिक महत्व बोकेका संरचनाको संरक्षणमा स्थानीय सरकार र सरोकारवालाको समेत ध्यान नपुगेको स्थानीयको गुनासो छ । ग्रामीण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसँगै मौलिक सम्पदा र परम्परा प्रभावित हुने क्रम बढ्दो छ ।