१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजनीति सेवाको क्षेत्र भएकाले मेवाको आश गर्नु हुँदैन : सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मुल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताउनु भएको छ ।

बिहिबार धादिङमा भएको कांग्रेस धुनिबेसि नगर समितिको कार्यलय उदघाटन कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले १३ औं महाधिवेशनपछि पार्टीको नेतृत्वले विधिपद्धती र मुल्यमान्यता पालना गर्न नसक्दा पार्टी कम्जोर भएको बताउनु भएको हो ।


उहाँले विधिसम्वत र संस्थागत रुपमा पार्टीलाई अगाडी बढाउनको लागी सक्षम नेतृत्वको आवश्यकता रहेको समेत बताउनु भयो । पार्टीका सिनियर नेताहरुलाई सम्मान गर्ने तर अबसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पीन नहुने उहाँको भनाई थियो । साथै उहाँले पार्टीको आसन्न १४ औं महाधिबेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्ने बताउनु भयो ।

‘महाधिबेशन कुनै पनि हालतमा तोकिएकै मितीमा गर्नु पर्दछ । क्रियाशिल सदस्यता विधि र पद्धती अनुसार वितरण हुनुपर्छ ।’ उहाँले भन्नु भयो ‘ यस अघिको सहमति अनुसार नै पार्टीको अधिवेशन अगाडी बढाउनु पर्दछ । यसमा नेतृत्वले ध्यान दिन जरुरी छ ।’

अधिवेशन त समयमा नै गर्न नसकेको कांग्रेसले कसरी देश विकास गर्न सक्छ, भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेको उहाँको भनाई छ । पार्टीलाई ठिक ठाँउमा ल्याउनको लागी विधि र पद्धतीको सबैले सही ढङ्गले पालना गर्नु पर्ने उहाँले बताउनु भयो ।

पार्टी सभापतिको गृह जिल्लामा भएको महाधिवेशन प्रहरीको घेराभित्र भएकाले पार्टीको छवि विग्रीएको उहाँको आरोप छ । अधिवेशन हुँदा सवैलाई पद चाहिने तर पदमा पुगी सकेपछि काम गर्न नसक्ने परिपाटी अब सुधार गर्नु पर्ने उहाँको भनाई छ । राजनीति सेवाको क्षेत्र भएकाले मेवाको आस गरेर यस क्षेत्रमा लाग्न नहुने सिंहले बताउनु भयो ।