१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडीमा प्रधानमन्त्री देउवाद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण, राहत दिने प्रतिबद्धता


0
Shares

बैतडी । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोले बैतडीमा पु¥याएको क्षतिको निरीक्षण गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले सिगास गाउँपालिका–५ को ढुंगाड क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । निरीक्षणका क्रममा देउवाले बाढी र पहिरोबाट मृत्यु भएका र प्रभावित भएका परिवारलाई सरकारले राहत दिने प्रतिबद्धता जनाउनुभयो ।

ढुंगाड क्षेत्रमा सेती नदीले ५ घर बगाउनुका साथै १ सय ५० बिगाहा खेती गरेको जमिन बगरमा परिणत थियो । यसका साथै जिल्लाको शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा गरेर पहिरोमा परि ४ जनाको ज्यान गएको थियो । यसका साथै यहाँका १ दर्जन बढी घरमा पहिरोले क्षति पुर्याएपछि घरपरिवार विस्थापित भएका छन् ।

प्रधानमन्त्री देउवासँगै उक्त टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर रहनुभएको छ । टोलीले बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लाको पनि निरीक्षणको कार्यक्रम रहेको छ ।

डोटी, बझाङ, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलालीमा निरीक्षण गर्ने कार्यक्रम रहेको हो । टोली डोटी र बझाङपछि बैतडीको निरीक्षण गरेर डडेल्धुरा गएको छ । हालै आएको बाढी तथा पहिरोमा सुदूरपश्चिम प्रदेशमा ३० जनाको ज्यान गएको थियो भने करौडको क्षति भएको छ ।