
काठमाडौं । बागमती प्रदेशसभाको बैठक केहीबेरमा सुरु हुँदैछ ।
सत्तारुढ दल नेकपा (एमाले)ले कात्तिक ११ गतेसम्मका लागि बैठक सार्न माग गरेपछि दुई घण्टा सारिएको बैठक केही बेरमा सुरु हुन लागेको हो ।
दिउँसो १ बजेको बैठकमा उपस्थित नहुने बताएका एमाले सांसदहरु अहिले बस्न लागेको बैठकमा भने सहभागी हुँदैछन् । जसका लागि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहितका एमाले सांसदहरु बैठकस्थलमा प्रवेश गरेका छन् ।
प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेश गर्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुँदैछ । विपक्षी गठबन्धनले भने मुख्यमन्त्रीले सत्ता लम्ब्याउनका लागि बैठक सार्न खोजेको आरोप लगाएको छ ।
प्रतिक्रिया दिनुहोस्