१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बङ्गलादेश टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश


0
Shares

काठमाडौं । बङ्गलादेश आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ ।

बिहीबार भएको पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा८४ रनले विजयी भएसँगै बङ्गलादेशले सुपर १२ को यात्रा पक्का गरेको हो ।

कुबेतको अल अमिरात मैदानमा बङ्गलादेशले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको पीएनजी ९७ रन बनाउँदा अलआउट भयो ।

पीएनजीका किप्लिन दोरिगाले अविजित ४६ र चाड सोपले ११ रन बनाउनुबाहेक अरू कसैले पनि दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बङ्गलादेशका सकिब अल हसनले चार तथा मोहम्मद सैफुद्दिन र तस्किन अमहदले दुई–दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बङ्गलादेशले २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन बनायो ।

बङ्गलादेशका लागि कप्तान मोहमदुल्लाहले ५० र सकिब अल हसनले ४६ रन बनाए ।

बलिङतर्फ पीएनजीका कबुआ मोरे, दमिन रबु र असाद भालाले दुई–दुई विकेट लिए ।