१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीमा बाढीले सयौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत


0
Shares

सिन्धुली । सिन्धुलीका नदी तथा खोलाहरुमा आएको बाढीले सयौं हेक्टर खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ । कमला, मरिण, चदाहा, तावा लगायतका नदीहरुमा आएको बाढीले सयौं हेक्टर उर्वर जमिन बगरमा परिणत गरेको हो ।

कमला नदीले वर्षेनी खेतीयोग्य जमिन कटान गर्ने क्रम बढेको भन्दै स्थानीयले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारसंग नदी कटान रोक्न माग गरे पनि अहिलेसम्म सुनुवाई भएको छैन ।