
बैतडी । सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।
बाढीपहिरो र डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ । त्यहाँ १६ जनाको मृत्यु भएको छ ।
बझाङमा नौ, बैतडीमा चार, डडेलधुरामा तीन र कैलालीमा एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेशमा २२ जना बेपत्ता भएका छन् । बझाङमा २० र बैतडी, कैलालीमा एक/एक बेपत्ता भएका छन् ।
बाढी पहिरोमा परेर १७ जना घाइते भएका छन् । डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई बझाङ र बाजुरामा एक/एक जना घाइते भएका हुन् ।
डुवानमा परेकोमा चार सय ३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्