
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युत प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरू अघि बढाएको बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको १२ औं महाधिवेशनको उद्घाटन गर्दै प्रबन्ध निर्देशक घिसिङले प्राधिकरणले दुई हजार मेगावाटका ठूला आयोजनाहरू अघि बढाएको बताउनुभयो ।
उहाँले प्राधिकरणले ठूला आयोजनाहरू सुरु गरेन भन्ने भ्रम चिर्न दुई हजार मेगावाटको आयोजनाबाहेक ४५० मेगावाटको अरुण चौथो हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स प्राधिकरणले पाउने बताउनुभयो ।
घिसिङले अपर अरुण र अरुण चौथो गर्दा करिव १५ सय मेगाबाट अरुण करिडोरमा मात्रै विकास गर्न लागेको बताउँदै कर्मचारीको लगानीमा पनि विकास गर्ने योजना प्राधिकरणले बनाएको बताउनुभयो ।
उहाँले माग बढाउने र विद्युत खपत बढाउने प्राधिकरणको मुख्य चुनौती रहेको बताउँदै वर्षातको कारण पनि भारत तर्फबाट आएको विद्युतको माग केही कम भएको बताउनुभयो ।
कार्यकारी निर्देशक घिसिङले अबको चरण १५ हजार मेगावाटको माग आउँदा पनि धान्न सक्ने ट्रान्समिसन लाइन बनाउनेतर्फ प्राधिकरण अघि बढिरहेको बताउनुभयो । उहाँले इलेक्ट्रिकल भेकल र कुकिङलगायतका विभिन्न क्षेत्रमा विद्युत खपतको माग बढाउने बताउनुभयो ।
विद्युतको खपत बढाउन प्रसारण लाइन सुदृढीकरणको काम भइरहे पनि अदालतको आदेश र स्थानीयको अवरोधका कारण तीव्र गतिमा काम हुन नसकेको घिसिङको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्