काठमाडौं । नेपाल बार एशोसियसनले १५ दिनभित्र गोलाप्रथाबाट पेशी तोक्नपर्ने प्रावधान लागू गर्न प्रधानन्यायधीश चोलेन्द्रशम्शेर राणालाई अल्टिमेटम दिएको छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै गोलाप्रथाद्वारा पेशी तोक्नुपर्ने न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिको प्रतिवेदन १५ दिनभित्र कार्यान्वयन गर्न प्रधानन्यायाधीशलाई नेपाल बार एशोसिएसनले अल्टिमेटम दिएको हो ।
बारले न्यायिक शुद्धता, निष्पक्षता कायम राख्न र विकृत विसंगति हटाउन अदालतको पेशी व्यवस्थापन र इजलास गठन सम्बन्धमा भइरहेको गलत कार्यहरूको सट्टामा स्वचालिक पेशी प्रणाली लागू गराउन र सो प्रणाली लागू गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा सम्पूर्ण अदालतमा गोलप्रथाबाट पेशी तोक्न माग गरेको छ ।
यसअघि प्रधानन्यायाधीश राणाले न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको समितिको उक्त प्रतिवेदन बुझेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
साथै बारले कात्तिक ७ गते प्रधानन्यायाधीश राणालाई भेटेर समसामयिक विषयमा छलफल गर्ने र त्यसपछि थप निर्णय लिने पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्