
फाइल तस्वीर
काठमाडौं । सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।
वीरेन्द्रनगर–७ मा रहेको कट्कुवा सामुदायिक वनमा घाँस काट्न गएका दैलेखको गुराँस गाउँपालिका ६ का २१ वर्षीया लीला नेपाली र १४ वर्षीय नरेश परियार घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्