
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज बिश्वासको मत लिनुहुने भएको छ । गत शुक्रबार प्रदेशसभामा विश्वासको मत सम्बन्धि प्रस्ताव पेश गरिएकोमा आज दिउँसो बस्ने बैठकमा प्रस्तावमाथि छलफल गरी मतदान गर्ने कार्यक्रम रहेको छ ।
गत भदौमा मूख्यमन्त्री नियुक्त भएका आचार्यको पद एमाले विभाजनसंग धरापमा परेको छ । गत असोज २५ गते प्रदेश सचिवालयमा विश्वासको मत सम्बन्धि प्रस्ताव दर्ता गराइएको थियो ।
प्रदेश सभामा एमालेको ४१ मत रहे पनि सभामुख र एक जना फरार सांसद घटाउँदा ४१ मत मात्रै रहेको छ । तर विपक्षी गठबन्धनले भने आपूmसंग ५० मत रहेको दाबी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्