२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


आज र भोलि देशभर पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै


0
Shares

काठमाडौं । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो ।

सधैं कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यसवर्ष दसैं परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो । स्वास्थ्य सेवा विभागको पोषण शाखाले दिएको जानकारीअनुसार भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई दुई लाख युनिट खुवाइने छ ।

सोही अवसरमा एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधिसमेत खुवाइने छ । सरकारले विसं २०५० बाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि विसं २०५६ बाट खुवाउन थालिएको हो । ‘राष्ट्रिय भिटामिन ‘ए’ कामर्यक्रम सञ्चालनका लागि २५ हजार स्वास्थ्यकर्मी र ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका परिचालित हुनेछन् ।