
काठमाडौं । नेपाल प्रहरीका दुई विवादित एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले धनुषाका प्रकाश रानाभाट र सर्लाहीका सन्तोषसिंह राठौरलाई प्रहरी प्रधान कार्यालय तानेको हो ।
लागूऔषध मुद्दामा चलखेल गरेको आरोप लागेका र प्रमुख जिल्ला अधिकारी सहितसँग बसेर जुवा खेल्ने जिल्ला प्रहरी कार्यालय धनुषा र सर्लाहीका एसपीको काज सरुवा गरिएको हो ।
उनीहरुको ठाउँमा प्रहरी प्रधान कार्यालयमा रहेका एसपी बसन्त रजौरेलाई धनुषा र प्रदेश २ प्रहरी कार्यालय जनकपुरमा रहेका एसपी कृष्ण प्रसाईलाई सर्लाही पठाईएको छ ।
एसपी रानाभाटले लागुऔषध मुद्दा गत फागुनमा पक्राउ परेका आरोपीहरुको मिसिल कमजोर बनाएको आरोप लागेको थियो । उनले लागुऔषध मुद्दा कमजोर बनाउन खोजेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेपछि छानविन नै भएको थियो । त्यसैगरी सर्लाहीका एसपी राठौरले कार्यालयमै तास खेलेको भिडियो सार्वजनिक भएको थियो ।
प्रतिक्रिया दिनुहोस्