
एजेन्सी । विश्वकप टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकालेको छ । युएईको दुबइमा गएराति सकिएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हरायो ।
टी–ट्वान्टी विश्वकपमा पाकिस्तानले भारतलाई हराएको यो पहिलो अवसर हो । गएराती पहिले व्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५१ रन बनायो ।
उसका लागि विराट कोहलीले सर्वाधिक ५७ रन जोड्दा पाकिस्तानका शाहिन अफ्रिदीले ३ विकेटले लिए । जवाफमा १ सय ५२ रनको लक्ष्य पाकिस्तानले १७ ओभर ५ बलमा विनाकुनै विकेटको नोक्सानीमा पुरा ग¥यो । पाकिस्तानको लागि मोहोमद रिजवानले अविजित ७८ रन तथा कप्तान बाबर आजमले ६८ रनको योगदान दिए ।
प्रतिक्रिया दिनुहोस्