
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले बदलीको सम्भावना रहेको जनाएको हो ।
महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाकी भूभागमा आंशिक बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।
प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका एक दुई ठाउँमा मौसम बदली हुनसक्नेछ ।
उच्च पहाडी तथा हिमाली भूभागमा आज पनि हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशभर आंशिक देखि सामान्य बदली रहने छ । वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको संभावना रहेकाले कृषि कर्म र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन मौसमविद्हरुले सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्