
एजेन्सी । चीनले सिमा सुरक्षा मजबुत पार्न नयाँ कानुन पास गरेको छ । भारत र अरू छिमेकी मुलुकहरूसँग सीमा विवाद कायमै रहेको बेला चीनले नयाँ कानुन पास गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिले पारित गरेको ‘ल्यान्ड बोर्डर्स ल’ ले गैर कानुनी रूपमा चीनको सीमापार गर्नेमाथि नाकाबन्दी वा प्रहरी संयन्त्र र हतियार प्रयोग गर्न अनुमति दिइएको छ ।
यस कानुनले सीमा क्षेत्र नजिक ड्रोन उडाउन पनि निषेध गरेको छ । सो कानुन अनुसार चीनले सीमाको आफ्नो तर्फको क्षेत्रमा यातायात, संचार र रक्षासँग सम्बन्धित पूर्वाधार निर्माण गर्न सक्नेछ ।
बिना स्वीकृति कुनै पनि संगठन या व्यक्तिले स्थायी संरचना बनाउन पाउने छैनन् ।तर, सो कानुनले कुनकुन सीमा क्षेत्र चीनको भूमी हो भनी किटान गरेको छैन ।
गत वर्षको जुनमा गलवान उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच भएको घातक मुठभेडपछी दुई देशबीच उत्पन्न गतिरोध लामो समयदेखी कायमै छ । हालै सम्पन्न सैनिक स्तरीय सीमा वार्ता पनि विवाद समाधान गर्न सफल भएन । दुवै देशले सीमा क्षेत्रमा सैन्य उपस्थिति कायमै राखेका छन्।
प्रतिक्रिया दिनुहोस्