
काठमाडौं । अमेरिकाले दिने एक लाख छ सय २० डोज फाइजर खोप आज नेपाल आइपुगेको छ ।
अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई उपलब्ध गराएको खोप आज विहान कतार एअरवेजबाट नेपाल आईपुगेको हो ।
१२ वर्षमाथि र १८ वर्ष मुनिका बालबालिकामा लगाउन मिल्ने भए पनि शुरुमा अस्पतालमा उपचाररत् १२ देखि १८ वर्ष उमेर समूहका दीर्घ रोगीहरुलाई यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पहिलो पटक भित्रिएको फाइजरको खोपलाई ट्रयालको रुपमा प्रयोग गर्न लागिएको हो । माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने यो खोप राख्न आवश्यक पर्ने एक सय लिटर क्षमताका ४ वटा फ्रिजर युनिसेफले नेपाललाई उपलब्ध गराइसकेको छ ।
सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत अमेरिकाबाट ६० लाख डोज फाइजर खोप खरिद गर्ने सम्झौता गरिसकेको छ । उक्त खोप आगामी पुससम्ममा नेपाल आइपुग्ने छ । खोप भण्डारणका लागि भौतिक पूर्वाधार निर्माणको काम भईरहेको पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्