६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विद्युत् आयोजनाको सर्वेक्षण र उत्पादन अनुमतिमा रोक लगाउने निर्णयप्रति इपानको आपत्ति

जलविद्युत् क्षेत्रलाई गिजोल्न खोजेको आरोप

0
Shares

काठमाडौं । सरकारले जलविद्युत् आयोजनाको सर्वेक्षण अनुमतिपत्र, उत्पादन अनुमतिपत्र तथा विद्युत् खरिद बिक्री सम्झौतामाथि प्रतिबन्ध लगाएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)ले आपत्ति जनाएको छ ।

सरकारले सरोकारवाला निकायसँग छलफल नै नगरी असोज ७ गते मुख्यसचिवस्तरीय निर्णयबाट जलविद्युत् आयोजनाहरूको सर्वेक्षण अनुमतिपत्र, उत्पादन अनुमतिपत्र साथै विद्युत खरिद बिक्री सम्झौतामाथि प्रतिबन्ध लगाएको थियो । सो निर्णय सच्याउन इपानले माग गरेको छ ।

इपानले अन्तरदेशीय विद्युत् व्यापार नीति निर्माण गर्न तथा गुणस्तरीय विद्युत प्रशारण लाइनहरू विस्तार गरी छिमेकी मुलुकहरूमा विद्युत् बिक्री वितरण गर्न र ट्रान्समिसनको विलिङ शुल्क सम्बन्धी नीति नियम निर्माण गर्न सरकारलाई सुझाव दिएको छ । जलविद्युत उत्पादकहरूको लगानीको सुनिश्चितता गर्न पनि इपानले माग गरेको छ ।