१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल बारको निष्कर्ष : प्रधानन्यायाधीशले न्यायालय सम्हाल्न सक्दैनन्, निकास दिनुपर्छ


0
Shares

मिरा बस्नेत
काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले न्यायालय सम्हाल्न नसक्ने निष्कर्ष निकालेको छ ।

सोमबार बसेको बारको बैठकले कार्यपालिकासँगको साँठगाठ र अन्य विवादका कारण प्रधानन्यायाधीश राणाले न्यायालय सम्हाल्न नसक्ने भन्दै निकास दिनुपर्ने निष्कर्ष निकालेको बारका एक पदाधिकारीले जानकारी दिनुभयो ।

यद्यपि बारले यसको औपचारिक निर्णय भने मंगलबार बस्ने बैठकपछि गर्नेछ ।

‘हामीहरू भोलि पुनः बैठक बस्छौं,’ बैठकपछि बारका एक पदाधिकारीले भन्नुभयो, ‘बारका अन्य सल्लाहकारहरूसँग भोलि छलफल गरेपछि मात्र हामी निर्णयमा पुग्छौं ।’

प्रधानन्यायाधीशको कामकारबाहीले न्यायालयको निष्पक्षता र विश्वसनियतामाथि प्रश्न उठेपछि नेपाल बारले न्याय क्षेत्रलाई विवादरहित र मर्यादित बनाउन अदालत र नेतृत्वलाई सुझाव दिँदै आएको छ ।