१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विज्ञापन व्यवसायलाई सम्मानित व्यवसायको रुपमा स्थापित गराउँछौं– अध्यक्ष हुमागाईं

‘बोर्डले पौष मसान्तभित्र विज्ञापनको आचारसंहिता २०७८ जारी गर्छ’

0
Shares

काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले भविष्यमा विज्ञापन व्यवसायलाई सम्मानित व्यवसायको रूपमा स्थापित गराउने बताउनुभएको छ ।

विज्ञापन (नियमन गर्ने) ऐन २०७६ जारी गरिएको दुई वर्ष पूरा भएको अवसरमा सोमबार काठमाडौंमा आयोजित विज्ञापन दिवस तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष हुमागाईंले बोर्डले विज्ञापन बजारको विकासका लागि नयाँ ढोका खोल्ने बताउनुभयो ।

बोर्डले आजै विज्ञापन आचारसंहिता जारी गर्दै मस्यौदामाथि सरोकारवाला विज्ञहरूको सुझावका लागि महिना दिनको समयावधि तोकेको अध्यक्ष हुमागाईंले बताउनुभयो । बोर्डले पौष मसान्तभित्र विज्ञापनको आचारसंहिता २०७८ जारी गर्ने उहाँको भनाइ छ ।

अध्यक्ष हुमागाईंले विज्ञापन एजेन्सीहरूले आफ्नै स्तरले निकालेको तथ्याङ्कको आधारमा विज्ञापन दिने प्रचलन विद्यमान रहेको भन्दै त्यसलाई व्यवस्थित गर्न लाग्ने रकम सरकारले दिनुपर्ने बताउनुभयो ।

‘विज्ञापन बजारको विकासका लागि हामी नयाँ ढोका खोल्नेछौं, नेपालमा पत्रपत्रिकाको सर्कुलेशन, रेडियो, टेलिभिजन कभरेज, टेलिभिजनका दर्शक, डिजिटल मिडियाका भिजिटरको यकिन तथ्याङ्क पाउन सक्ने अवस्था छैन,’ उहाँले भन्नुभयो, ‘विज्ञापन एजेन्सीहरूले आफ्नै स्तरले निकालेको तथ्याङ्कको आधारमा विज्ञापन दिने प्रचलन विद्यमान छ, त्यसलाई व्यवस्थित गर्न आवश्यक रकमको व्यवस्था गरिदिन सरकारसँग आग्रह गर्दछु ।’

सम्बन्धित समाचार
‘क्लिन फिड’ लागू भएको एक वर्ष पूरा, अपेक्षित उपलब्धि नभएको उपभोक्ताको गुनासो