२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने वा नपर्ने विषयमा एमालेको पक्षधरता छैन : केपी ओली


0
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले कारवाही गरेका सांसद संसदमा उपस्थित हुन्जेल संसद बैठक चल्न नदिने बताउनु भएको छ ।

प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले कानुन अनुसार पार्टीले कारवाही गरेर निष्काशित गरिसकेका गैर सांसद बैठकमा उपस्थित हुन्जेल संसद अवरोध जारी रहने बताउनु भएको हो । ओलीले सभामुखले संसदमा पक्षपातपूर्ण व्यवहार गरिरहेकोसमेत आरोप लगाउनु भएको छ । सभामुखले कुनै दलको मतियार बनेर एमाले विरोधी गतिविधि गरिरहेको उहाँले बताउनुभयो ।

ओलीले अहिलेको गठबन्धनको काम राजनीतिक प्रणालीमाथि प्रहार गर्ने भएकाले सिस्टममाथि निरन्तर प्रहार गरिरहेको आरोप लगाउनुभयो । सर्वाेच्च अदालतका नाममा राजनीति भइरहेको बताउँदै सर्वोच्च अदालतभित्र परमादेश अघिदेखि नै अशोभनीय गुटबन्दी भइरहेको उहाँको भनाइ छ ।

ओलीले न्यायालय लोकतन्त्रको स्तम्भ भएकाले निष्पक्ष, स्वतन्त्र र शक्ती पृथकिकरणको सिद्धान्त अनुसार न्यायालय चल्नुपर्ने बताउनुभयो। उहाँले प्रधानन्यायाधीशको राजीनामा दिनुपर्ने र नपर्ने विषयमा एमालको कतैपट्टी पनि पक्षधरता नभएको स्पष्ट पार्नुभयो । ओलीले गठबन्धनको सरकारले कुनै पनि सकारात्मक काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।