१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैतडीमा एमालेका तीन वडामा मात्रै अधिवेशन, बाँकीको १२ गतेसम्म सक्ने


0
Shares

बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औं महाधिवेशनअन्र्तगत बैतडीका तीन वडामा मात्रै वडा तहको अधिवेशन सम्पन्न भएको छ ।

जिल्लामा ८४ वडा रहेकोमा बैतडीमा मंगलबारदेखि अधिवेशन सुरु भएको हो । अहिलेसम्म जिल्लाका तीन वडामा मात्रै अधिवेशन सम्पन्न भएको एमाले बैतडीले जनाएको छ ।

एमाले बैतडी सचिव लीलाधर भट्टका अनुसार जिल्लाको दोगडाकेदार गाउँपालिकाको वडा नम्बर २, ३ र ४ मा अधिवेशन सम्पन्न भएको हो ।
तीनै वडामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडीमा ८४ वडा रहेका छन् ।

कात्तिक १२ गतेसम्म वडा अधिवेशन सक्ने गरी कार्यतालिका बनाइएको र सोही अनुसार अधिवेशन भइरहेको एमाले बैतडीले जनाएको छ । एमालेको १० औं महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।