१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निजीसँग साँठगाँठ गरेर निगमलाई कमजोर बनाउने पक्षमा छैन– पर्यटनमन्त्री आले


0
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले निजी कम्पनीसँग साँगगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताउनुभएको छ ।

विगतमा निगमको जहाजको ग्राउण्ड ह्याण्डलिङसमेत व्यक्तिगत स्वार्थका लागि निजी कम्पनीलाई दिएको भन्दै आफूले त्यसो नगर्ने प्रतिबद्धता जनाउनुभयो ।

नेपाल पर्यटन बोर्डले गरेको कार्यक्रममा उहाँले निगमको थन्किएर बसेका दुईवटा जहाजलाई तत्काल सञ्चालनमा ल्याएर पर्यटन भित्र्याउने कार्ययोजना पनि सार्वजनिक गर्नुभयो ।

पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू मन्त्री भएर आएको उहाँले बताउनुभयो ।

कोभिडको कारण थला परेको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न नसके पदमा बसिरहने पक्षमा आफू नरहेको मन्त्री आलेले बताउनुभयो ।