२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


आर्सनल र चेल्सी क्वाटरफाइनलमा


0
Shares

एजेन्सी । उपाधि दावेदारहरु चेल्सी र आर्सनल काराबाओ कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका छन् । गएराति भएको खेलमा साउथह्याम्प्टनलाई टाई ब्रेकरमा हराउँदै चेल्सी क्वाटरफाइनलमा पुगेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि टाइ ब्रेकरमा चेल्सी ४–३ ले विजयी भयो । गएराति भएको अर्को खेलमा लिड्स युनाइटेडलाई २–० ले हराउँदै आर्सनल पनि प्रतियोगिताको क्वाटरफाइनलमा उक्लेको छ ।

खेलमा आर्सनललाई विजयी गराउन क्यालुम च्याम्बर्स र एन्केतियाले एक एक गोल गरे । यसैगरी क्वीन्स पार्क रेन्जर्स (क्यूपिआर)लाई पेनाल्टी शुट आउटमा ३–१ ले हराउँदै सण्डरल्याण्ड पनि लिग कप फुटबलको क्वाटरफाईनलमा उक्लेको छ ।